Refund & Cancellation Policy
Refund & Cancellation Policy Last Updated: September 17, 2026
हामी order गर्नु अघि price, product, customization र आवश्यक details सकेसम्म स्पष्ट राख्न चाहन्छौँ। यसले पछि हुने confusion कम गर्न मद्दत गर्छ।
1. Order Cancellation
Customer ले order cancel गर्न सक्छ, तर काम सुरु हुनुअघि cancellation request गर्नुपर्छ।
Custom design, printing वा production सुरु भइसकेपछि cancellation को अवस्था फरक हुन सक्छ।
2. काम सुरु भएपछि Cancellation
काम सुरु भइसकेपछि studio ले photo printing, design, material वा अन्य काममा खर्च गरिसकेको हुन सक्छ।
त्यसैले यस्तो अवस्थामा cancellation भएमा खर्च भएको रकम कटाएर बाँकी रकम refund गर्न सकिनेछ।
Refund को final amount order को अवस्था र वास्तविक खर्चअनुसार निर्धारण गरिनेछ।
3. Refund कहिले हुन सक्छ?
यदि customer को गल्ती नभएको अवस्थामा product खराब भएको प्रमाणित भयो भने हामी त्यसलाई जाँच गरेर उचित समाधान खोज्नेछौँ।
तर refund वा replacement अघि product वास्तवमै खराब भएको हो भन्ने कुरा सम्भव भएसम्म स्पष्ट रूपमा confirm गर्नुपर्नेछ।
4. Damaged वा Defective Product
Customer ले product प्राप्त गर्दा damage वा defect देखिएमा सकेसम्म चाँडो हामीलाई सम्पर्क गर्नुहोस्।
आवश्यक परेमा हामी:
- Product को photo
- Video
- Order details
- अन्य आवश्यक जानकारी
माग्न सक्छौँ।
त्यसपछि वास्तविक अवस्था हेरेर replacement, reprint, repair, refund वा अन्य उचित समाधानबारे निर्णय गरिनेछ।
5. Customer बाट भएको गल्ती
Customer ले:
- गलत photo पठाएको
- गलत नाम/spelling पठाएको
- गलत date/details दिएको
- गलत design/information दिएको
कारण product मा समस्या आएको भए त्यसको जिम्मेवारी customer को हुनेछ।
6. Studio बाट भएको गल्ती
यदि समस्या studio को गल्तीका कारण भएको प्रमाणित भयो भने हामी त्यसको जिम्मेवारी लिनेछौँ र परिस्थितिअनुसार उचित समाधान दिनेछौँ।
7. Refund सम्बन्धी अन्तिम निर्णय
हरेक order को अवस्था एउटै नहुने भएकाले refund request लाई order को वास्तविक अवस्था, काम सुरु भएको/नभएको, खर्च भएको रकम र समस्या कसरी भएको हो भन्ने आधारमा हेर्नेछौँ।
हाम्रो उद्देश्य ग्राहकलाई अनावश्यक समस्या पार्नु होइन, वास्तविक अवस्था बुझेर उचित समाधान निकाल्नु हो।
8. Refund सम्बन्धी सम्पर्क
Refund वा cancellation सम्बन्धी प्रश्न भएमा:
Laligurans Photo Studio
📞 011-620217
📱 +977 9741486925
📧 laliguranstudio@gmail.com
मा सम्पर्क गर्नुहोस्।